मेष : आजको दिन तपाईंको लागि शुभ रहनेछ । व्यवसायमा मनग्य लाभ हुनेछ र कामको चापबाट फुर्सद पाइनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । परिवारजनको साथले नयाँ उत्साह मिल्नेछ ।
बृष : आजको दिन मिश्रित फलदायी रहनेछ । राहु एकादश रहनाले सकारात्मक फल मिल्नेछ, सुख सुविधामा बढोत्तरी हुने र न्यायिक कार्यमा सफलता मिल्नेछ । घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । केतु प्रतिकूल रहनाले धेरै मेहनेत गरेर थोरै मात्र प्रतिफल पाउन सकिएला ।
मिथुन : आजको दिन तपाईंको लागि शुभ रहनेछ । शनि ग्रहले सकारात्मक फल दिनेछ भने बृहस्पति र केतुले हानी, नोक्सानी, आर्थिक उतारचढाव हुनसक्छ र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढ्न सक्छ । मनमा अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला ।
कर्कट : आजको दिन तपाईंको लागि शुभ रहनेछ । वर्षभरि नै बृहस्पति र केतुले धनार्जनका नयाँ श्रोत र अवसर मिल्नेछ । शनि र राहुको प्रभावले भने शत्रु बढ्न सक्छन्, तर घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ ।
सिंह : आजको दिन तपाईंको लागि सामान्य रहनेछ । शनि, बृहस्पति, राहु र केतुको प्रभावले कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी, वादविवाद, डर र चिन्ता जस्ता फल भोग्नु पर्ला । तर यदि जन्मकुण्डलीमा यी ग्रहहरूको अवस्था राम्रो भएमा नराम्रा फलको सामना गर्नु पर्दैन ।
कन्या : आजको दिन तपाईंको लागि शुभ रहनेछ । राहु र शनिको कारणले आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । घरपरिवारमा माङ्गलिक कार्य आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्नेछ ।
तुला : आजको दिन मिश्रित फलदायी रहनेछ । यश, कृति, लाभ, र आफन्तको सहयोग मिल्नेछ । चमत्कारी ढङ्गले सफलता मिल्नेछ । बृहस्पति, शनि, राहु र केतुको कारण जातकहरूलाई गरेको कार्यमा उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय रहनेछ ।
वृश्चिक : आजको दिन तपाईंको लागि शुभ फलदायी रहनेछ । बृहस्पति र केतुको अनुकूलताले बेलाबेलामा सुखको अनुभूति मिल्नेछ । विद्या र बुद्धिको विकास हुने साथै यश, कृति, लाभ, विजय, वाक्सिद्धि हुने र आफन्तको सहयोग मिल्नेछ ।
धनु : आजको दिन मध्यम रहनेछ । शिक्षाक्षेत्र र न्यायिक कार्यमा विशेष सफलता मिल्नेछ । शनिको प्रभावले आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य र सफल यात्रा समेत हुनेछ । देवगुरु बृहस्पति, राहु र केतुको प्रभावले भने आरोप प्रत्यारोप, मानसिक चिन्ता बढ्नसक्छ ।
मकर : आजको दिन तपाईंको लागि शुभ नै रहनेछ । वर्षभरि नै राहु र बृहस्पतिको प्रभावले रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । शुभ, धार्मिक यात्रा र मङ्गल कार्यको योग पनि रहनेछ । वर्षको मध्यमा समय राम्रै भएपनि अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला ।
कुम्भ : आजको दिन मध्यम फलदायी वर्ष नै रहनेछ । बृहस्पति, राहु, केतु र शनिको साढेसातिको नकारात्मक प्रभावले झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सक्छ, तर भौतिक सुखमा भने बढोत्तरी हुनेछ । यदि जन्म कुण्डलीमा बृहस्पति र शनि उच्च, स्वगृह तथा मित्रगृह ग्रहहरू भए शुभ फल मिल्ने निश्चित छ ।
मीन : आजको दिन तपाईंको लागि शुभ नै रहनेछ । पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ । कुनै कुराले अनुहारमा कान्ति र मनमा शान्ति मिल्नेछ । आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य हुने र धार्मिक यात्रा समेत हुनेछ । रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ ।
माधवा शर्मा - ज्यौतिषाचार्य तथा वास्तुविद
सचिव - नेपाल ज्योतिष परिषद लुम्बिनी प्रदेश ।
मनकामना ज्यौतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपुर दाङ ।
फोन नं. - 9848060799