तुलसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन आगामी असोज ०३ गते शनिबार आयोजना हुने भएको छ । दाङको तुलसीपुरमा रहेको संस्थाले एक सूचना जारी गर्दै सम्पूर्ण सेयर सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ ।
यस्तै अध्यक्ष जिवलाल शर्माले कार्यक्रम सफल बनाईदिन सम्पूर्ण शेयर सदस्य, शुभचिन्तक तथा अतिथिहरूमा उपस्थितिका लागि आग्रह गर्नुभएको छ । कार्यक्रम तुलसीपुर-६ स्थित मेट्रो दरबारमा बिहान ११ बजे देखी सुरु हुनेछ ।
संस्थाका सचिव शेषमणि रिजालका अनुसार उक्त साधारण सभामा निम्नलिखित महत्वपूर्ण प्रस्तावहरू उपर छलफल तथा निर्णय गरिनेछ :
१) वार्षिक सांगठनिक प्रगति प्रतिवेदन तथा आगामी योजना ।
२) आ.व. २०८२/०८३ को वार्षिक आर्थिक प्रतिवेदन तथा आ.व. २०८३/०८४ को वार्षिक बजेट सम्बन्धमा ।
३) आ.व. २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा ।
४) लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन ।
५) लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा ।
६) विविध विषयहरू ।
यसैबीच संस्थाले सेयर सदस्यहरूका लागि एक विशेष सूचना जारी गर्दै आफुले जम्मा गर्नुपर्ने मासिक बचत, ऋणको किस्ता तथा ब्याज रकम बुझाई संस्थालाई सहयोग गर्न समेत आग्रह गरेको छ ।